१० कार्तिक २०८३, सोमबार

 

गुल्मीमा जीप दुर्घटना, पूर्वसांसद भण्डारी सहित दुईकाे मृत्यु

काठमाडौं। गुल्मीको मुसिकाेट नगरपालिका १ मा सवारी दुर्घटना हुँदा पूर्वसांसद सहित दुईजनाकाे मृत्यु भएकाे छ । मालिका गाँउपालिकाकाे दर्लिङबाट बुटवलका लागि छुटेकाे जीप बिहान ९ बजे दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा परि गुल्मीका पूर्व सासंद समेत रहेका धुर्काेट गाँउपालिका ५ वस्तु निवासी रूद्रमणी भण्डारी र मालिका गाँउपालिका १ का रोशर विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए ।

जीपमा कुल १० जना सवार रहेका थिए। घाइतेहरुलाई उद्दार गरि अस्पताल पठाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ । जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेकाे बुझ्नमा आएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung