२५ असार २०८२, बुधबार

 

लुक्लामा विमान दुर्घटना

काठमाण्डौ । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट उड्न लागेको समिट एयरको जहाज दुर्घटना भएको छ ।

लुक्लाबाट रामेछापका लागि उड्ने क्रममा समीट एयरको ९ एन एमएच कलसाइनका विमान दुर्घटनामा कोपाइलट एस ढंगाना र प्रहरी सहायक निरक्षक रामबहादुर खड्काको मृत्यु भएको त्रिभुवन अन्तराष्टिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन ।

दुर्घटनामा जहाजका क्याप्टेन रवीन्द्र रोकाया घाइते भएका छन ।जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किडमा राखेको मनाङ र श्री एयरका हेलिकप्टरसंग ठोकिएको थियो ।

उक्त घटनामा मनाङ एयरका पाइलट टीबी गुरुड घाइते भएका छन भने मनाङ एयर र श्री एयरकोे हेलिकप्टरमा क्षेति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung