काठमाण्डौ । लुक्ला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
मृत्यु हुनेमा समिट एयरका कोपाइलट सुदिप ढुंगाना ,पर्यटन प्रहरी असई रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठ रहेका छन ।
सोलुखुम्बुबाट रामेछापको लागि उड्न लागेको जहाज धावनमार्गमा चिप्लिएर हेलिकोप्टरसंग ठोक्किदा उक्त घटाना भएको हो ।असई रुद्रबहादुर श्रेष्ठलाई काठमाडौं ल्याउँने क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मनाङ एयरको क्याप्टेन र समिट एयरका क्याप्टेन आरबी रोकाया घाइते भएको र अन्य चार यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिएका छन ।
दुर्घटना बिहान ९:२० बजे भएको थियो।



















































































































































































































