१३ कार्तिक २०८३, बिहीबार

 

तारा एयरको विमान रनवेबाट चिप्लियो

काठमाडौं। तारा एयरको जहाज रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ । सोमबार बिहान तारा एयरको ९-एन एकेके कल साइनको डोर्नियर विमान टायर पन्चड भएपछि रन वे बाट चिप्लेर दुर्घटना भएको हो।

१४ यात्रु सवार रहेको विमानमा कुनै मानवीय क्षति भने नभएकाे बताईएको छ। रामेछापको मन्थलीबाट लुक्लाको लागि उडेको विमान लुक्लाको मौसम खराब भइ अवतरण सम्भव नभएपछि जहाज मन्थली नै फर्केको थियो । उक्त जहाज ल्याण्ड गर्ने क्रममा चिप्लेको बुझ्नमा आएको छ ।

यस अघि गत वैशाख १ गते समिट एयरको जहाज लुक्ला विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परि तीन जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung