१३ कार्तिक २०८३, बिहीबार

 

ससुराली गएका श्रीमानको श्रीमतीले गरिन् ढुंगाले हानी हत्या

काठमाडौं। पाल्पामा ढुंगा प्रहार गरी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरी छचुवाकी मंगली कुमालले आफ्नै ४२ वर्षिय श्रीमान लोक बहादुर कुमालको ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

ढुङ्गा प्रहारबाट गम्भीर घाईते भएका कुमालको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो।

कुमालको मृत्युपछि प्रहरीले मंगलीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung