१३ कार्तिक २०८३, बिहीबार

 

डडेलधुरा दुर्घटनाका ६ हृदयविदारक तस्बिर

काठमाडौं । डडेलधुराको गन्यपाधुरा गाउँपालिका–१, साहुखर्कमा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको भएको छ। डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काकाअनुसार मृत्यु हुनेमा ३ पुरुष र २ महिला छन्।

भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो। धनगढीबाट बझाङका लागि छुटेको ना६ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा ३४ जना घाइते भएका छन्।


बस सडकबाट ६० मिटर तल खसेको जनाइएको छ। ओभर लोड भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung