१७ बैशाख २०८१, सोमबार

 

फेसबुकले थप्यो यस्तो नयाँ सुविधा

काठमाडौं । सन् २०१४ मा म्यासेन्जरलाई छुट्टै डाउनलोड गर्न बाध्य पारेर फेसबुकले धेरै प्रयोगकर्ताको मन दुखाएको थियो  । फेसबुक एपमा च्याट गर्ने सुविधा छैन्, यसका लागि छुट्टै म्यासेन्जर डाउनलोड गर्नुपर्ने हुन्छ  ।

फेसबुकले आफ्नो एपमै च्याट सुविधा राख्ने तयारी गरिरहेको छ । उक्त कुरा एक एप अनुसन्धाताले फेसबुकले गरिरहेको काम पत्ता लगाएर सार्वजनिक गरेका छन् । फेसबुक एपमा अहिले देखाइने च्याटको संकेतमा क्लिक गर्दा सिधै म्यासेन्जरमा पुगिन्छ । मोबाइलमा म्यासेन्जर नभए सिधै प्ले–स्टोरमा पुर्‍याइन्छ । यसका विषयमा फेसबुकले केही जानकारी बाहिर ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्