१३ कार्तिक २०८३, बिहीबार

 

‘भान्छामा काम गरिरहेकी थिएँ, श्रीमानले पछाडिबाट आगो लगाइदिए’ (भिडियो)

सिराहा । कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई पतिले आगो लगाएर हत्या गर्ने कोशिश गरेका छन्। उनका पति चेतन मण्डल अहिले फरार रहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान भान्छामा काम गरिरहेकी कञ्चनलाई आगो लगाएर उनी फरार भएको अनुमान प्रहरीले गरेको छ।

उनलाई आगो लगाएर मार्ने कोशिश गरेको भन्दै प्रहरीले सासू सुर्जी खत्वेलाई पक्राउ गरेको छ। कञ्चनलाई भने उपचारका लागि पहिले विपी कोइराला मेमोरियल अस्पताल धरान र त्यसपछि काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको छ।

उनको पूरा शरीरको लगभग पहिलो पत्रको छाला जलेको प्रहरीले जनाएको छ । भान्छामा काम गरिरहेका बेला शरीरमा पछाडिबाट आगो लगाइदिएको बयान कञ्चनले प्रहरीलाई दिएकी छन्। म भान्छामा काम गरिरहेकी थिएँ। आगो लागेपछि थाहा भयो। मलाई मेरो पति र सासूले यस्तो अप्ठ्यारोमा पारे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung