२५ असार २०८२, बुधबार

 

विष्णु खत्रीको ‘बिचल्ली’(भिडियोसहित)

बागलुङ । अहिले समाजमा कहाली लाग्दो अवस्था देखापरेको छ । राम्रो खान, राम्रो लगाउन र बालबच्चाको राम्रो शिक्षाको लागि पुरुष वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था छ । विदेशको दुःख र मेहेनत सबैलाई थाहा छ । परिवार र सपनाको लागि कठिन कामको सामना गरेका हुन्छ्न अर्काको देशमा । तर ,अहिले समाजमा अनौठो बिकृती देखा परेको छ ।
श्रीमानले पसिना बगाएर पैसा पठाउछन । तर श्रीमतीको चालचलन फरक हुँदै जान्छ । श्रीमानले दुःखले आर्जेको पैसा सबैले सही सदुपयोग गर्दैनन । घर खर्च देखाएर पैसा परपुरुषलाई सुम्पने र उठिबससमेत भएका घटना समाजमा देखा परेका छन । सबै महिला त्यस्ता हँुदैनन तर अहिले देखा परेका केही पात्रले नारीमाथि शंका पैदा गर्ने अवस्था छ ।

कतिपयले घरखर्च देखाएर केही रकम मात्र हिनाबिना गर्छन त कोही धन र मन दुबै सुम्पेर परिवारको बिचल्ली पारेका उदाहरणीय घटना प्रशस्त छन । पैसाको लागि माया जालमा फसाउने र पैसा र जवानी लुटेपछि अलपत्र पारेको यथार्थता समाजमा देखिएको छ । बैदेशिक रोजगारमा जाने दाजुभाई यस्तै घटनाबाट चिन्तित छन । यस्तै परिवेशलाई समेटर चर्चित कलाकार बिष्णु खत्रीले नयाँ कोशेली बजारमा ल्याएका छन ।

सुमधुर स्वरका धनि बिष्णु खत्रीको आफ्नै शब्द, स्वर, संगित र अभिनयमा ‘बिचल्ली’ लोक दोहोरी गीत सार्वजनिक गरेका छन । यस गीत माथि उल्लेखित घटनाहरुको धरातलमा तयार भएको छ । गीतमा बिष्णु र खत्री देवी घर्तिको आवाज रहेको छ ,मुख्य अभिनय विष्णु खत्रीको रहेको छ ।

हेर्नुहाेस् भिडियाे 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung