१७ बैशाख २०८१, सोमबार

 

१२ रोचक तथ्य जुन तपाईँलाई थाहा नहुन सक्छ

–ब्राजिलको कारागारमा कैदीहरूले किताब पढेर त्यसको प्रतिवेदन बुझाएमा चार दिनको सजाय कम गरिन्छ ।

– जापानको जन्मदर असाध्यै कम भएकाले बच्चाको डाइपरभन्दा बढी बुढा मान्छेको डाइपर बिक्छन् ।

–ह्वाइट हाउसमा राष्ट्रपतिले सित्तैमा बस्न पाउँदैनन् । प्रत्येक महिना उनले खाना, पानी र अन्य खुद्राखाद्रीको महसुल बुझाउनुपर्छ ।

–मध्य अमेरिकामा रहेको पानामा नहर बनाउने क्रममा दुर्घटना र स्वास्थ्य समस्याका कारण पाँच हजारजना भन्दा बढीको मृत्यु भयो ।

–रोमनहरू दाँत चम्काउनका लागि पिसाबको प्रयोग गर्थे ।

– संसारमा १० करोड मानिसको रातो कपाल छ ।

–अमेरिकामा आठमध्ये एक मानिस म्याकडोनाल्डमा काम गर्छ ।

– इन्टरनेटमा भएका ३७ प्रतिशत वेबसाइट पोर्न हुन् ।

–संसारका ५ करोड मानिस जतिखेर पनि नशामा झुम भएका हुन्छन् ।

–दुई करोड अमेरिकीले कहिल्यै पनि ननुहाएको दाबी गरे ।

–देब्रे हातले लेख्ने मान्छे दाहिनेले लेख्नेको तुलनामा तीन वर्षअगाडि मर्छन् ।

–इजिप्टको पिरामिडमा काम गर्ने मजदुरलाई पारिश्रमिकका रूपमा प्रतिदिन चार लिटर बीयर खान दिइन्थ्यो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्