२५ बैशाख २०८१, मंगलवार

 

लिभिङ टुगेदरमा बस्दै आएका नेपाली युवाको प्रेमीकाले गरिन् हत्या

काठमाडौं । कुवेतमा लिभिङ टुगेदरमा बस्दै आएका  खेमबहादुरको छुरा प्रहार गरी आफ्नै प्रेमीकाले हत्या गरेको खुलेको छ ।  धरान घर बताउने महिलाले बुधबार दिउँसो कुवेतको मंगाफ स्थित ब्लक ४ मा छुरा प्रहार गरि प्रेमीको हत्या गरेकी हुन्। छुरा प्रहारबाट तनहुँको शुक्लागण्डकी–१ स्थायी घर भएका खेमबहादुर विकको ज्यान गएको हो।

विकको छाती र ढाडमा धारिलो हतियार प्रहार गरेर हत्या गरी कपडाले छोपेर राखेको अवस्थामा फेला परेको थियो । मृतक खेम बिक कुवेतमा वैधानिक रुपमा बस्दै आएका थिए भने माया अवैधानिक रुपमा बस्दै आएकी थिइन् ।

घटनापछि कुवेत प्रहरीले हत्या आरोपित माया गुरुङसहित अन्य २१ जनालाई प्रकाउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्