
काठमाडौं ।आत्मबल दरो बनाएर आफ्ना कुरा राख्न सक्ने, भद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरुषप्रति युवती चाँडो आकर्षित हुन्छन् ।
यी हुन युवतीका मन जित्ने ९ तरिका
१) घर कस्तो छ भन्ने बुझ्नका लागि पहिले ढोकाबाहिरबाट भित्र छिर्नुपर्छ । भित्र नछिर्दै देखिने भनेको बाहिरी आवरण हो ।
आवरण मन परेमा भित्र छिरौ–छिरौ लाग्न सक्छ। त्यसैगरी मनभित्र छिर्ने मुख्य ढोका भनेको गेटअप हो । जसले कसैलाई सजिलै आकर्षित गर्न सक्छ । दोस्रो कुरा भनेको उसले गर्ने व्यवहार हो । अरुको भलो चिताउने, सहयोगी भावना भएको, स्वच्छ मन र सफा चरित्र भएको हुनुपर्छ ।
२) मानिस कस्तो भन्ने उसको चरित्रले दर्शाउने भएकाले यसमा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा छैन । कत्तिको इमान्दार छ, घरपरिवार प्रति कति जिम्मेवार छ, समझदार छ कि छैन ? आदि कुरामा युवतीहरु धेरै केयरफुल हुन्छन ।
३) अर्को पर्सनालिटीमा ध्यान दिनुपर्छ । कन्फीडेन्टका साथ् आफ्ना कुरा राख्न सक्ने, भाद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरुषप्रति युवती चाँडो आकर्षित हुन्छन ।
४) अनुहार राम्रो मात्र हुँदैन । उसमा कुनै ट्यालेन्ट हुनुपर्छ । सबैमा कुनै न कुनै खुबी हुन्छ । कोही गित गाउन सिपालु होला, कोही लेख्न सिपालु होला, कोही खेलकुदमा, कोही पढाइमा, कोही चित्रकलामा त कोही कुनै विधामा यस्ता प्रतिभाका कारण पनि कुनै युवती तपाइँप्रति आकर्षित हुन सक्छे ।
५) इमान्दार पुरुष युवतीलाई मनपर्छ । प्रेम सम्बन्ध गासिनुपूर्व तपाई कसैको साथि मात्र हुनुहुन्छ भने उसले तपाइको इमान्दारिता जाँचेको हुन् सक्छ ।
६) सकेजति खुल्न सक्नुपर्छ । अन्तरमुखी स्वभावका पुरुष शंकास्पद देखिन्छन । आफ्नो सबै विवरण दिन, सुख दुखका कुरा साटा–साट गर्ने , इच्छा, चाहाना र रोजाइबारे जानकारी लिने र दिने गर्नुपर्छ । यस्तो अग्रसरताले आकर्षण बढ्छ ।
‘७) सेन्स अफ ह्युमर’ अर्को महवपूर्ण पक्ष हो। सानातिना समस्या आफै समाधान गर्न सक्ने हुनुपर्छ । कुन समयमा कसरी प्रस्तुत हुने र कोसँग कस्तो व्यवहार गर्ने आदिबारे ख्याल हुनुपर्छ । कसैको ‘कम्पनी’ मा बस्न रुचाउने, खुल्ने छिटै घुलमिल हुने, अरुलाई हसाउन सक्ने हुनुपर्छ ।
८) बौद्धिकता पनि चाहिन्छ । हेरेर समस्याको समाधान गर्न सक्ने, कडा परिस्थिततिको ‘ट्याकल’ गर्न सक्ने हुनुपर्छ। अरुलाई सल्लाह सुझाव दिन सक्ने, धेरै कुराको ज्ञान भएको, मेहनेती भए अझ सुनमा सुगन्ध नै हुन्छ ।
९) अफ्ठ्यारो स्थिति आयो भने यो सँग जीवन कटाउन सक्छु भन्ने खालको फिलिङ युवतीमा जगाउन सक्नुपर्छ ।