
माया, सजिलै अथ्र्याउन नसकेको शब्द। भनिन्छ, मायामा पर्नु सजिलो छ। तर त्यसलाई निरन्तरता दिनु निकै गाह्रो। सुरुवाती अवस्थामा उत्कर्षमा पुग्ने प्रेम समय बित्दै जाँदा दिक्दार र झर्कोमा परिणत हुन सक्छ।
साँचो प्रेमले यस्ता यावत् समस्याबाट गुज्रिएर पनि आफ्नो सम्बन्धलाई अघि बढाउछ भने धेरैको ब्रेकपमा पुगेर टुंगिन्छ। न्युरोलोजी एयाट आइन्सटाइन कलेज अफ मेडिसिनले प्रेम परिवर्तनबारे गरेको अध्ययनमा प्रेमका विभिन्न चरणहरूको उल्लेख छ।
द युरोफिक स्टेज
प्रेम अंकुराउन थालेको अवस्थालाई ‘द युरोफिक स्टेज’ भनिन्छ। यो चरणमा प्रेम मनमस्तिष्कमा हुन्छ। यो स्टेज नशा लागेको चरणसरह रहेको क्लिनिकल प्रोफेसर लुसी ब्राउनले बताइन्।
यस अवस्थामा सानोसानो कुरामा पनि रिसाउने, हाँस्ने, खाना नरुच्ने जस्ता क्रियाकलाप हुन थाल्छन्। दिनचर्या फोनमा कुराकानी, म्यासेज आदानप्रदान र भेटघाटमा बित्छ। आफूभन्दा पनि आफ्नो प्रेमी वा प्रेमिका बढी केन्द्रमा रहन्छन्। उनीहरूको हरेक गल्ती पनि सामान्य लाग्न थाल्छ। यसलाई दिनको भोक र रातको चैन हराउने स्टेज भनिन्छ।
ब्राउनका अनुसार यो स्टेज ६ महिनादेखि २ वर्षसम्म रहनसक्छ। १५ देखि ३० प्रतिशतका प्रेमिल जोडीहरूले भने १० देखि १५ वर्षसम्म पनि यही स्टेजमा रहन सक्ने बताएका छन्।
द अर्ली एटेचमेन्ट स्टेज
यो स्टेजमा पुग्दा बिस्तारै ती क्रियाकलाप घट्न थाल्छन्। यो स्टेजमा तपार्इं अब आरामले सुत्नुहुन्छ। रातरात भर गरिने कुराबाट विश्रामको स्टेज हो यो। तथापि प्रेममा कमी भएको भने होइन। रातको दुई तीन बजेसम्म गरिने च्याट बिस्तारै कम हुन थाल्छ।
एकअर्कालाई स्पेस पनि दिन थालिन्छ। सामान्य कुराकानीले पनि सम्बन्ध व्यवस्थित हुन थाल्छ। अर्को शब्दमा भन्नुपर्दा सम्बन्धमा केही म्युच्युरिटी आउन थाल्छ। वैचारिक र खटपट पनि सुरु हुन थाल्छन्।
द क्राइसिस स्टेज
योचाहिँ ‘गर या मर’ को स्टेज हो। कतिपय अवस्थामा ब्रेकअप पनि हुन थाल्छ। यो एकदमै संवेदनशील स्टेज हो। ब्राउनका अनुसार यो अवस्था ५ देखि ७ वर्षसम्म हुन्छ। यो स्टेजमा कि त ब्रेकअप हुन्छ वा सम्बन्ध झनै कसिलो हुन्छ।
द डिप एयाटचमेन्ट स्टेज
तुफानपछिको शान्ति वा पानी परेपछिको आकाश खुलेजस्तो यो अवस्थामा आइपुग्दा प्रमीले प्रेमिकालाई पूर्ण रूपमा बुझिसकेको हुन्छ। उनीहरूले रिस र क्रोध सबै जानिसकेका हुन्छन्। यो स्टेजमा पुग्नुको अर्थ हो, जीवनभरको साथ। ब्राउनका अनुसार यो एकदम सुमधुर र सुरक्षित स्टेज हो।
अब भन्नुस् तपाईं कुन स्टेजमा हुनुहुन्छ ?