२४ बैशाख २०८१, सोमबार

 

जापानमा बिहुँका कँडेलको हृदयघातबाट मृत्यु

बागलुङ । जापानमा एक नेपाली युवाको हृदयघातको कारण मृत्यु भएको छ । बिहुँ ५ लाम्खु निबासी बर्ष ५३ का हितराज कँडेल ह्रदयघातका कारण मृत्यु भएको हो ।

कँडेल श्रीमती र ३ छोराहरु सहित खावागोयमा बस्दै आएका थिए । हाल काठेखोला गाउँपालिका ५ निवासी कंडेल जापानमा आफ्नै रेष्टुरेन्ट ब्यवसायमा संलग्न थिए । बिगत १० वर्षदेखि जापानमा बस्दै आएका कँडेलको हिजो हृदयघातबाट मृत्यु भएको हो ।

मृतक कँडेलको भोलि मंगलवार अन्त्येष्टि गरिने बिहुकोट समाज जापानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्