
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले स्थानीय पर्व विदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले एक सुचना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउन आग्रह सहित नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पुजा गरिने दिन) सार्वजनि विदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा यहि बैशाख २९ गते (आइतबार) अष्टमीका दिन सार्वजनिक विदा हुने सूचनामा उल्लेख छ ।
संघीय सरकारले सार्वनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएको भन्दै बिदा कटौती गरेको थियो तर स्थानीय सरकारले आफुलाई आवश्यक पर्ने विदा आफैले दिन थालेका छन् ।