१३ कार्तिक २०८३, बिहीबार

 

एक लाख बढिलाई रोजगारी, कुन स्थानीय तहलाई कति अनुदान (सूचीसहित)

काठमाडौं – सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई रोजगारी दिने प्रकिया अगाडि बढाएको छ । ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अन्तर्गत रोजगारीको अवसर प्रदान गरिने भएको हो ।

यस कार्यक्रमका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमा बजेट छुट्याएर पठाइसकिएको बताइएको छ ।
यो रकमबाट स्थानीय तहले आउँदो दुई महिनाभित्र बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिने बताइएको छ।

बेरोजगारलाई रोजगारी दिन सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा पठाएको छ ।

स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung