६ जेष्ठ २०८१, आईतवार

 

ट्रक दुर्घटना, ३ जना घाइते

बागलुङ। जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत बोबाङबाट ढोरपाटन जाँदै गरेको मिनीट्रक दुर्घटना भएको छ। बा २ ख ७७६१ नम्बरको मिनी ट्रक दुर्घटना हुदाँ ३ जना घाइते भएका हुन्।

घाइतेहुनेहरुमा बोबाङ निवासी पार्वती वि.क , दानबहादुर वि.क र बलबहादुर वि.क रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। उनीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्