पटक–पटकको छलफल र बहसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोलिटव्यूरो सदस्यहरुको अन्तिम नामावली टुङ्गो लगाएको छ । एमाले र माओवादीबीच पार्टी एकता भएको करिब एक वर्षपछि बल्ल नेकपाले पोलिटब्यूरो गठन भएको छ । १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्व एमाले र ६६ जना पूर्व माओवादी तर्फबाट चयन गरिएको छ ।
पूर्व एमालेको तर्फबाट पहिले पोलिटब्यूरोमा रहेका ५९ जना नेकपाको पोलिटब्यूरोमा रहने सहमति भए पनि थप २२ जनाको टुंगो लगाउन हम्मे परेको नेताहरु बताउँछन् । त्यस्तै पूर्व माओवादीको तर्फबाट नेकपाको स्थायी समितिमा रहेका १९ जना बाहेक पोलिटब्यूरोका लागि थप ४७ जनाको टुंगो लगाउन निकै कसरत गर्नु परेको ।
अन्ततः दुवै तर्फबाट अन्तिम नामावली टुंगो लगाइएको छ । सचिवालय बैठकबाट अनुमोदन हुन मात्र बाँकी रहेको र कार्यदलले टुंगो लगाएको पोलिटब्यूरो सदस्यहरूको यो नै अन्तिम सूची हुने बताउँदै एक सचिवालय सदस्य भन्छन्, ‘एक–दुई जनाको नाममा फरक मत रहे पनि अब यो सूची नै अनुमोदन भएर घोषणा हुन्छ ।’
प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जानुअघि २५ वैशाखमा पाँच जना नेता रहेको कार्यदलले पोलिटब्यूरोको सूचीलाई अन्तिम रुप दिएको हो । जसलाई जेठ ३ गते बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरी औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको नेकपाका एक नेताले जानकारी दिएका छन् ।
यी हुन् पूर्व एमालेबाट नेकपा पोलिटब्यूरोमा छानिएका नयाँ २२ जना
१ केदार न्यौपाने
२ कृष्णगोपाल श्रेष्ठ
३ घनेन्द्र बस्नेत
४ देवराज घिमिरे
५ खगराज अधिकारी
६ धर्मनाथ साह
७ गुरु बराल
८ नरेश खरेल
९ भानुभक्त जैशी
१० विजय सुब्बा
११ शेरबहादुर तामाङ
१२ वैजनाथ चौधरी
१३ केशवलाल श्रेष्ठ
१४ शुशीला नेपाल
१५ जयन्ती राई
१६ कल्याणी खड्का
१७ गरिमा शाह
१८ चुडामणी जंगली
१९ नजिर मियाँ
२०जीवनराम श्रेष्ठ
२१ रामचन्द्र यादव
२२ गौरी ओली
यी हुन् पूर्व एमालेबाट पहिले पोलिटब्यूरो सदस्य रहेका ५९ जना नेता
१ केपी शर्मा ओली
२ माधव नेपाल
३ झलनाथ खनाल
४ वामदेव गौतम
५ अष्टलक्ष्मी शाक्य
६ भीम रावल
७ ईश्वर पोखरेल
८ विष्णु पौडेल
९ घनश्याम भुसाल
१० पृथ्वीसुब्बा गुरुङ
११ प्रदिप ज्ञवाली
१२ भीम आचार्य
१३ गोकर्ण विष्ट
१४ योगेश भट्टराई
१५ किरण गुरुङ
१६ छविलाल विश्वकर्मा
१७ बेदुराम भुसाल
१८ मुकुन्द न्यौपाने
१९ विष्णु रिमाल
२० युवराज ज्ञवाली
२१ रघुजी पन्त
२२ रघुवीर महासेठ
२३ सत्यनारायण मण्डल
२४ सुरेन्द्र पाण्डे
२५ शंकर पोखरेल
२६ सुवास नेम्वाङ
२७ अरुण नेपाल
२८ काशीनाथ अधिकारी
२९ गंगालाल तुलाधर
३० थममाया थापा
३१ नागेन्द्र चौधरी
३२ प्रदिप नेपाल
३३ प्रकाश ज्वाला
३४ परशुराम मेघी गुरुङ
३५ पशुपति चौलागाई
३६ विन्दा पाण्डे
३७ भानुभक्त ढकाल
३८ महेन्द्र पाण्डे
३९ यामलाल कँडेल
४० राजेन्द्रप्रसाद पाण्डे
४१ राधा ज्ञवाली
४२ रामप्रित पासवान
४३ लालबाबु पण्डित
४४ विजय पौडेल
४५ श्रीमाया थकाली
४६ कर्ण थापा
४७ गोकुल घर्तीमगर
४८ गोरख वोेगटी
४९ गौरा प्रसाई कोईराला
५० जगत विश्वकर्मा
५१ जगन्नाथ खतिवडा
५२ तुलवहादुर गुरुङ
५३ दलवहादूर राना
५४ डा. वंशीधर मिश्र
५५ भागवत विश्वासी
५६ युवराज कार्की
५७ योगनारायण यादव
५८ शत्रुध्न महतो
५९ शेरधन राई
नेकपाको पोलिटब्यूरोमा पूर्व माओवादीको तर्फबाट ६६ जना रहने सहमति बनेको छ । जसमा अहिले स्थायी समितिमा रहेका १९ जना र थप ४७ जना गरी ६६ पुर्याइएको स्रोतले जानकारी दिएको छ ।
यी हुन् पूर्व माओवादीबाट पोलिटब्यूरोमा थपिएका ४७ नेता
१ हितमान शाक्य
२ कुलप्रसाद केसी
३ जयपुरी घर्ती
४ दिनानाथ शर्मा
५ हितराज पाण्डे
६ विश्वनाथ साह
७ डिलाराम आचार्य
८ उर्मिला अर्याल
९ ओनसरी घर्ती
१० प्रभु साह
११ प्रल्हाद बुढाथोकी
१२ सुनिल मानन्धर
१३ सुरेन्द्र कार्की
१४ जोखबहादुर महरा
१५ नारायण दाहाल
१६ सन्तु दराई
१७ गणेशमान पुन
१८ हितबहादुर तामाङ
१९ जगप्रसाद शर्मा
२०कालीबहादुर मल्ल
२१ कमला रोक्का
२२ झक्कु सुवेदी
२३ हरिराज अधिकारी
२४ सुरेशकुमार राई
२५ शशी श्रेष्ठ
२६ डिआर पौडेल
२७ रेखा शर्मा
२८ पूर्णकुमारी सुवेदी
२९ टेकबहादुर बस्नेत
३० खगराज भट्ट
३१ महेश्वर गहतराज
३२ अन्जना विशंखे
३३ राजु खड्का
३४ कृष्णध्वज खड्का
३५ श्रवण यादव
३६ मायाप्रसाद शर्मा
३७ यशोदा सुवेदी
३८ अमृता थापा
३९ सूर्यप्रसाद सुवेदी
४० सावित्रीकुमार काफ्ले
४१ महेश्वर दाहाल
४२ रामचन्द्र झा
४३ दिलीप प्रजापति
४४ श्रीराम ढकाल
४५ महेन्द्र पासवान
४६ अजम्बर काङवाङ
४७ सुरेश आले मगर
यी हुन् पूर्व माओवादीबाट पोलिटब्यूरोमा स्वतः छनोट भएका
१ पुष्पकमल दाहाल (प्रचण्ड)
२ नारायणकाजी श्रेष्ठ
३ रामबहादुर थापा (बादल)
४ देव गुरुङ
५ टोपबहादुर रायमाझी
६ गिरिराजमणि पोखरेल
७ हरिबोल गजुरेल
८ अग्नि सापकोटा
९ बर्षमान पुन
१०। शक्ति बस्नेत
११ जनार्दन शर्मा
१२ पम्फा भुसाल
१३ मात्रिकाप्रसाद यादव
१४ गणेश साह
१५ लेखराज भट्ट
१६ देवेन्द्र पौडेल
१७ चक्रपाणि खनाल
१८ लिलामणि पोखरेल
१९ मणि थापा
















































































































































































