काठमाडौं । सबैको मन जित्न सफल ‘सालको पातको टपरी हुनी’ बोलको गीत पछि बसन्त थापाको नयाँ गीत ‘पिली पिली जुनकिरी’ बजारमा सार्वजनिक भएको छ ।
धेरै दर्शकमाझ लोकप्रिय रहेका थापाले पछिल्लो समय उक्त गीत बजारमा ल्याएका हुन् ।
गीतमा बसन्त थापा राजन गुरुङ, देवी घर्ति र सुनिता गुरुङको आवाज रहेको छ । नवराज पन्तको शब्द र बसन्त थापाको संगीत रहेको गीत आशिस अविरलको एरेन्जमा तयार पारिएको हो।
भिडियो हेर्नुहोस्
















































































































































































