काठमाडौं। काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस आईतवार विहान त्रिशुली नदिमा खस्दा ५ जनाको मृत्यु भएको छ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी गाउँपालिकाको वडा नम्बर ६ स्थित बञ्जरेटारमा दुर्घटनाहुँदा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख इन्सपेक्टर नवराज ढुंगेलले जानकारी दिएका छन् ।
उनका अनुसार दर्घटनामा २९ जना घाइते भएका छन्। नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा जुटिरहेका छन्।




















































































































































































































