अछाम । तुर्माखाद गाउँपालिका – ८ धमालीमा नेपाल कम्युनिस्ट पार्टीका नेताको खुकुरी प्रहारबाट एक शिक्षक घाइते भएका छन् । तुर्माखाद गाउँपलिका–८ निवासी सिद्देश्वरी माविका पूर्व शिक्षक भीमबहादुर बिष्टलाई तुर्माखाद गाउपालिका– ८ का वडा कमिटी अध्यक्ष भीमबहादुर बिष्टसहितको टोलीले राती घरमा सुतिरहेका शिक्षक बिष्टमाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट शिक्षक बिष्टको टाउकोमा ४ वटा टाका लगाइएको छ । त्यसैगरी खुकुरी प्रहार गर्ने नेता बिष्टको हातबाट खुकुरी खोस्ने क्रममा अन्य ६ जनाको पनि हातमा चोट लागेको छ ।



















































































































































































































