
भारतको चर्चित दैनिक पत्रिका ‘उदन्त मार्तड’ बिहीबार १ सय ९३ वर्ष पूरा भएको छ । सन् १७८० मे ३० मा कलकत्ताबाट प्रकाशन थालिएको यो पत्रिका भारतको हिन्दी भाषाको पहिलो दैनिक हो ।
नेपालको पत्रकारिता विधामा समेत उक्त विषय समावेश गरी अध्ययन–अध्यापन गरिन्छ । भारतको पहिलो अंग्रेजी पत्रिका हिक्की गजेट हो । यो पनि सन् १७८० मा कलकत्ताबाटै सुरु भएको थियो ।
त्यसबखत कलकत्ता भारतको राजधानी थियो ।
दक्षिण एसियाको पत्रकारिताको इतिहासमा दुवै पत्रिकालाई आधुनिक युगको सञ्चारको सूत्रधारका रूपमा व्याख्या गरिँदै आएको छ । मार्तडको प्रकाशन हिन्दी पत्रकारिताको युगमा नयाँ थालनी भएकाले भारतमा यो दिनलाई विशेष मान्ने गरिन्छ । यसका पहिलो सम्पादक पण्डित जुगलकिशोर शुक्ल थिए ।
उनले कलकत्ताको कोलू टोला नामक गल्लीमा कार्यालय राखेर प्रकाशन सुरु गरेका थिए । त्यति बेला भारतमा ब्रिटिस उपनिवेश थियो । त्यस समयसम्म अंग्रेजीका अतिरिक्त भारतमा उर्दु, फारसी, बंगलालगायत क्षेत्रीय भाषाका अरू पत्रपत्रिका पनि सुरु भएको पाइन्छ । तर कसले कहाँबाट सुरु गरे भन्नेमा एकमत छैन ।
भारतमा उदण्ड मार्तड सुरु भएको ७४ वर्षपछि नेपालमा वि.स. १८५७ वैशाख २४ देखि गोरखापत्रको प्रकाशन सुरु भएको पाइन्छ ।
नेपाली पत्रकारिताको धरोहर गोरखापत्र आरम्भ भएको पनि १ सय १९ वर्ष पुगेको छ । गोरखापत्रको प्रकाशन सुधारवादी राणा प्रधानमन्त्री देवशमशेरले गरेका थिए ।
गोरखापत्र सुरुमा साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन र अनि दैनिक भएको इतिहास छ ।
(एजेन्सीको सहयोगमा)