काठमाडौं । प्रहरीले लुटेरा समूहका एकजनालाई गोली हानेर पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लुटपाट र डकैतीमा संलग्न रहँदै आएका छिरिङ लामा काकालाई जोरपाटी अत्तरखेलबाट गोली हानेर पक्राउ गरेको हो ।
अपराध महाशाखाका डिएसपी रुगम कुवँरका अनुसार लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न उनलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको हो ।
प्रहरीले हानेको गोली तामाङको दाहिने खुट्टामा लागेको छ । प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा आक्रमण गर्न खोजेपछि गोली हानिएको हो ।













































































































































































































