१७ बैशाख २०८१, सोमबार

 

माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्नसक्ने अमेरिकाको चेतावनी

अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ।

अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन्।एनएसएले पुराना भर्सनका विन्डोजहरूमा ‘ब्लूकिप’ नाम दिइएको कमजोरी रहेको एक विज्ञप्तिमा जनाएको छ।गत हप्ता माइक्रोसफ्टले पनि विन्डोजका केही पुराना भर्सनहरूमा साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको थियो।

कुन भर्सन कमजोर?

“विन्डोज ७ वा सोभन्दा अगाडीका भर्सन चलाउने सबै प्रयोगकर्ताहरूले तुरुन्तै अपडेट गर्नुहोला,” माइक्रोसफ्टले भनेको छ।अमेरिकी अधिकारीहरूले ब्लूकिप कमजोरीका कारण कम्प्युटरहरूमा डाउनलोडमार्फत वा आक्रमणमार्फत असर गर्नसक्ने बताएका छन्।

त्यस्ता कम्प्युटरहरूमा फाइल चलाउन पैसा माग्ने खालका र्‍यान्समवेयर समेत छिटै राख्न सकिने चेतावनी एनएसएको छ।त्यो कमजोरीका कारण बाहिरी मानिसले कम्प्युटरमाथि टाढैबाट पुरै नियन्त्रण बनाउन सक्ने इन्टर्न्याशनल कम्प्युटर साइन्स इन्स्टिट्युटका निकोलस विभरले लेखेका छन्।

NSA HQतस्वीर कपीराइटREUTERS

बच्ने कसरी?

माइक्रोसफ्टका अनुसार विन्डोज अपडेट गरेर ती आक्रमणहरूबाट बच्न सकिन्छ।हालै अमेरिकाको बाल्टिमोर नगरको स्थानीय निकायका कम्प्युटर प्रणालीमाथि आक्रमण भएर सबै प्रणाली बन्द हुन पुगेको थियो।न्यूयोर्क टाइम्सका अनुसार एनएसएलाई उक्त कमजोरीका बारेमा धेरै पहिलेदेखि थाहा भए पनि उसले यो कुरा गोप्य राखेको थियो।

विन्डोजमा भएको यस्तै खालको कमजोरीलाई प्रयोग गरेर गएका तीन वर्षमा थुप्रै आक्रमणहरू भएको बताइएको छ।तीमध्येको प्रमुख आक्रमण “वानाक्राइ” थियो जसले संसारका लाखौं कम्प्युटरहरूलाई असर गरेको थियो।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्