२१ भाद्र २०८३, आईतवार

 

पूर्व पोर्नस्टार सन्नीको नेपाली गीत पुनः युट्युबमा (भिडियो)

काठमाडौं । पूर्व पोर्नस्टार एवं भारतीय नायिका सन्नी लियोनले अभिनय गरेको नेपाली चलचित्रको गीत पुनः युट्युबमा अपलोड गरिएको छ । बिहिबार दिउँसो युट्युबमा अपलोड गरिएको गीत सार्वजनिक भएको केही समयमा नै युट्युबबाट हटाइएको थियो ।

सार्वजनिक भएको केही समयमा गीत हटाइएपछि विभिन्न टिकाटिप्पणी पनि भए । ती टिकाटिप्पणीलाई चिर्दै गीत हटाउनुको कारण बाहिर आएको छ । गीतमा भएको केही प्राविधिक समस्यालाई सुल्झाउनको लागि गीत युट्युबबाट हटाएको बुझिएको छ ।

दुई घण्टासम्म युट्युबमा नराखिएको भिडियो ५ बजे युट्युबमा पुनः अपलोड गरिएको छ । भिडियोमा प्राबिधिक समस्या आएको कारण भिडियोलाई युट्युबबाट हटाइएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

विक्रम जोशीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत र महाराजा थापाको संगीत संयोजन छ । गीतलाई दुर्गा खरेलले गाएकी हुन् ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung