३ श्रावण २०८३, आईतवार

 

युवकको रहस्यमय मृत्यु, खल्तीमा बैंक भौचर

महोत्तरीकाे मटिहानी नगरपालिका–१ मा एक युवकको शव भेटिएको छ ।  छोटका धिरापुरस्थित सडकको किनारामा युवकको शव आइतबार बिहान भेटिएको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबरपाएपछि शवलाई पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको छ । युवकको पहिचान भने खुल्न सकेको छैन ।

हत्यांको आंशका

आइतबार बिहान सडकको किनारमा भेटिएको शव हत्या गरि फालेको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधव बुढाथोकीका अनुसार घाँटीमा कम्मरमा बाध्ने पेटीले घाँटी कसेको देखिएको छ ।

घटनाको प्रकृति हेर्दा कसैले हत्या गरी सडकमा फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतक युवकको खल्तीमा सेन्ट्रल बैंक ओफ ईन्डियाको बैंकमा पैसा जम्मा गरेको भौचर खल्तीमा भेटिएको  छ ।

भारतकाे मुजफ्फरपुर शाखामा रहेको मो. अन्जुम रेहानकाे खातामा एक हजार पठाएको देखिएकाे प्रहरीले जनाएकाे छ ।

मृतकको पहिचान गर्नका लागि विवरण पठाएपनि दावी गर्न कोही नआएको डिएसपी बुढाथोकीले नयाँ विश्वलाई जानकारी दिए ।

उक्तस्थान नेपाल र भारतको सीमा क्षेत्र भएकाले भारतीय नागरिक हुन सक्ने अनुमान गरिएको छ ।

आइतबार भारतमा बिदा हुने भएकाले भोलि भारतीय प्रहरीलाई खबर गरेर थप खुल्ने बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung