२१ बैशाख २०८१, शुक्रबार

 

बरेङमा मसलाबाली तालिम

बरेङ गाउँपालिकामा मसलाबालीसम्बन्धी प्राविधिक तालिम सञ्चालन भइरहेको छ ।

कृषिसेवा शाखा कार्यालय बरेङको आयोजनामा सोमबारबाट सुरु भएको तालिम बुधबारसम्म चल्ने कार्यालयले जनायो ।

तालिममा वडा नम्बर १, २ र ३ का २५ जना अगुवा कृषक सहभागी छन् । मसलाजन्य बाली अलैंची, अदुवा तथा बेसारको उत्पादन, स्याहारसम्भार, उपचार, भण्डारणलगायत विषयमा बताइएको कृषिसेवा शाखा कार्यालय बरेङका कृषि प्राविधिक सहायक चन्द्रकान्तकुमार भुजले बताए ।

‘बरेङ गाउँपालिकामा अलैंची खेती विस्तार भएकाले तालिम पनि यसैमा केन्द्रित गरिएको छ,’ भुजले भने । तालिमको दोस्रो दिन मंगलबार नमुना अलँैची पकेट क्षेत्र बरेङ–२ ठूलादलेङमा अवलोकनसहित व्यावहारिक सिकाइ गराइएको उनले जनाए ।

हुग्दीशिरस्थित ‘ठूलादलेङ नमुना अलैँची समूह’ लाई यसअघि नै बरेङ गाउँपालिकाकै अलँैची पकट क्षेत्र घोषणा गरिसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्