बागलुङ नगरपालिका–१३ पैयँुपाटामा घरायसी विवाद हुँदा देवरले प्रहार गरेको हँसियाले लागेर भाउजू घाइते भएकी छन् ।
पैयुँपाटाका ४५ वर्षीय बबी रोकाले बिहीबार बिहान भाउजू लक्ष्मीलाई हँसिया प्रहार गरेका हुन् । लक्ष्मीको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । उनलाई उपचारका लागि पोखरा लगिएको छ ।
बबीलाई रोक्न गएका उनका बाबु ७४ वर्षीय सोमबहादुर रोकाको हातमा समेत चोट लागेको छ । बबीलाई पक्राउ गरिएको भट्टराईले बताए ।













































































































































































































