३० बैशाख २०८२, मंगलवार

 

बस र माइक्रो ठोक्किँदा २ को मृत्यु, ३० घाइते

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा बस र दुई माइक्रो ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा धादिङका श्यामकुमार श्रेष्ठ छन् भने मृतक एकजना महिलाको पहिचान खुल्न सकेको छैन । मृतक दुबैको शव गजुरी अस्पतालमा राखिएको छ।

माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताएको छ । दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको धादिङको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung