२४ बैशाख २०८१, सोमबार

 

बागलुङका घर्तीको जापानमा हृदयघातबाट मृत्यु

रोजगारीका सिलसिलामा जापान पुगेका बागलुङका एक युवाको मृत्यु भएको छ । शनिबार काम सकेर रुममा फर्कँदै गरेका बागलुङ गलकोट घर भएका ४० वर्षीय भविलाल घर्तीको हृदयघातका कारण मृत्यु भएको हो ।

तीन वर्षअघि रोजगारीका लागि जापान गएका घर्तीको साईता सिटीमा मृत्यु भएको छ ।

राति काम सकेर रुम फर्कँदौ गर्दा रेलभित्र हृदयघात भएर बेहोस भएका घर्तीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

इन्डियन आर्मीबाट अवकासपछि कुक भिसामा जापान गएका घर्ती श्रीमतीसँगै बस्थे । उनका दुई छोरा नेपालमै छन् ।

प्रतिक्रिया दिनुहोस्