आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं वार्षिक साधारणसभा आज आइतबार लैनचौर बैङ्क्वेट्स, लैनचौरमा गरेको छ।
साधारणसभामा सम्पूर्ण सेयरधनी महानुभावहरुलाई स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न सफल भएको बताए। उनले विगत ४ वर्षमा नयाँ नयाँ बीमालेख लगायत आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहकलाई सेवा दिइरहेको जानकारी दिए।
कम्पनीले आफना सेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस सेयर प्रदान गर्ने प्रस्ताव २१र्औ बार्षिक साधारण सभाबाट पारित भएबाट कम्पनीको चुक्त पूंजी १ अरब २ करोड ६ लाख पुगेको साथै नियमाक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी भएको परिप्रेक्षमा कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभा समक्ष पेश गरिएको गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने गरी २१र्औ साधारण सभाले अख्तियारी संचालक समितिलाई प्रदान गरेबाट कम्पनीले आगामी दिनमा उपयुक्त कम्पनीसंग गाम्ने, गाभिने तथा प्राप्ति गर्न सक्नेछ ।
कम्पनीले गत आ.ब.मा १ अरब ७७ लाख बीमा शुल्क आर्जन गरी गरि १५ करोड ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आ.ब.को हालसम्म गरिब १ अर्ब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको पनि सभालाई जानकारी गराएको थियो।













































































































































































































