प्रभु बैंकले श्रावण १ गतेदेखि ‘प्रभु वेलकम सेभिङ’ र ‘प्रभु स्यालरी सेभिङ’ बचत खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ ।
यो योजनाअन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत ३ लाख र दुर्घटना बीमा बापत १ करोड रुपैयाँ सम्मको जोखिम बैंकले वहन गर्नेछ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भई उपचार गर्नुपर्ने विभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बीमा दाबी गर्नसक्ने बताइएको छ ।
यस्तै अकल्पनिय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दाबी गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ।













































































































































































































