जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुख्य नदीहरू कन्काई, कमला र बाग्मतीमा बहाव उल्लेख्य बढ्ने जनाएको छ ।
महाशाखाका अनुसार सोमबार कन्काई मैनाचुली मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले झापास्थित कन्काई नदीतटीय क्षेत्रमा सतर्कता तहआसपास बाढी आउने सम्भावना छ ।
त्यस्तै भोलि र पर्सि प्रदेश १, २ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
सोमबार बिहानको मापनअनुसार देशका ठूला नदी कोसी, नारायणी, महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य रूपमा बढ्दो क्रममा रहे पनि सतर्कता तहभन्दा तल नै रहने पूर्वानुमान छ ।
त्यस्तै सोमबार कन्काई, कमला, बाग्मतीका केही सहायक नदीमा बहाव बढ्दो क्रममा रहने र सतर्कता तह पार गर्न सक्ने महाशाखाले जनाएको छ।
श्रावण ६
अलर्ट कन्काई झापा
कन्काई मैनाचुली र आसपासको क्षेत्रमा आज विहान देखि भारी बर्षा भईरहेको छ, कन्काई मैनाचुली बाढी मापन केन्द्रमा जलसतह बढ्दो क्रममा छ, झापा जिल्लाको कन्काई नदीतटीय क्षेत्रमा सतर्कता तह आसपासको बाढी आउन सक्छ,आज बेलुका सम्म सतर्क रहौ
SMS Sent @NEOCOfficial pic.twitter.com/fSVExIfc3z— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 22, 2019
श्रावण ०६
आगामी ३ दिन कन्काई, कमला र बागमतीमा बहाव उल्लेख्य बढ्ने, केही शाखा नदीमा बहावले खतराको तह पार गर्ने संभावना,भोली र पर्सी प्रदेश १,२र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना, तटिय क्षेत्रमा पूर्वतयारी गरौ, प्रतिकार्यको लागि समेत सचेत रहौ @NEOCOfficial pic.twitter.com/wMJ4DTky79— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 22, 2019























































































































































































