कपिलवस्तुको मायादेवी गाउँपालिका -४ को भारतीय सीमा नजिककाे गाउँ पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नंको निजी स्कुलकाे सवारीबाट १० पोका खैरो हिरोइन बरामद भएकाे छ । उक्त सवारी साधन ग्लोबल ईङ्लिस बोर्डिङको रहेकाे जानकारी हुन आएकाे छ ।
विशेष सूचनाको आधारमा बसलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त परिमाणकाे खैरो हिराेइन फेला परेकाे हाे । सादा पोशाकमा खटिएको प्रहरी टोलीले उक्त बस चेकजाच गर्ने क्रममा लागु औषधसहित नेपाली रू५००(पाँच सय)को घ ६१/६८१३६३ नंको ८८ थान नक्कली नोटसमेत बरामद गरेकाे कपिलवस्तु प्रहरी उपरिक्षक दिप शम्शेर राणाले जानकारी गराएका छन् । राणाका अनुसार हाल बसचालक बरकुलका देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान जारी राखेकाे छ ।
(तस्बिर : मनाेज श्रीवास्तव)













































































































































































































