सरकारको बिहीबारको नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उठाएको एउटा विषय थियो– नेकपाको स्कुल विभाग र पार्टीको सिद्धान्त जबज । काव्यात्मक शैलीमा उनले भने, ‘ऊ राम्री छे, हेराइ राम्रो छ । हाँसो पनि राम्रो छ । तर उसलाई नराम्रो भन्ने को ?’ पार्टी एकीकरण भयो, अन्य विभागमा सहमति भयो । अहिले गाँठो स्कुल विभागमा परेको छ । त्यो पनि समाधान हुने भएकाले त्यसबारे मिडियाले धेरै चिन्ता र चासो लिन आवश्यक नरहेको बाँस्कोटाको जवाफ थियो ।
पटक–पटक नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक अनिश्चित बनेको समाचार यसै विषयसँग सम्बन्धित भएकाले जिज्ञासुले उनीसँग जिज्ञासा राखेका हुन सक्छन् । तर उनको जवाफ अरूलाई के चासो भन्नेजस्तो थियो ।
आखिर स्कुल विभाग के हो ? सोसल मिडियामा व्यंग्य पनि चलिरहेको छ– डिग्री गरेका नेताहरूले किन स्कुलको मास्टर हुन मरिहत्ते गरे होलान् भनेर । यसले स्कुल विभागको गरिमालाई अवश्य पनि होच्याएको बुझ्न कठिन छैन ।
आखिर किन अड्किरहेको छ त स्कुल विभागको जिम्मेवारी ? पार्टीको विचारलाई राजनीतिक तरिकाबाट कार्यकर्तालाई प्रशिक्षण गर्नु स्कुल विभागको काम हो । दुई पार्टी एकीकरण भएको सन्दर्भमा उनीहरूले पहिले आ–आफ्नै किसिमले कार्यकर्ता प्रशिक्षण गर्दै आएको विगत छ ।
पूर्वमाओवादीले हत्याहिंसाका माध्यमबाट आफ्नो अस्तित्व कायम गर्न स्कुलिङ गर्यो । उक्त स्कुलिङकै कारण पूर्वएमालेका कैयौं कार्यकर्ता मारिए । जस्तै– यदु गौतमदेखि पत्रकार वीरेन्द्र साहसम्म । पूर्वएमालेले उनीहरूसँग प्रतिकार गर्ने गरी युवा दस्ता युथ फोर्स बनाएर पार्टीको सिद्धान्तभन्दा पनि प्रतिरोध गर्ने किसिमबाट प्रशिक्षित गर्दै रह्यो ।
आखिर यतिवेला स्कुल विभागको नेतृत्वका लागि नेकपामा किन लडाइँ ? पार्टी एकीकरण भइरहँदा तत्कालीन समयमा एमाले कार्यकर्तालाई जानीजानी हत्या वा निसाना बनाएकोमा एमाओवादीले कहिल्यै प्रायश्चित् गरेको छैन । त्यसैले एकअर्काप्रति शंका र उपशंका व्याप्त छ ।
चुनावमा गठबन्धन गरेर बहुमतको सरकार बनेपनि पार्टी एकता गरेपछि एमालेले आफ्नो जबजलाई जसरी भएपनि टिकाउने दाउमा छ । एकताका बखत माओवादीले उठाएका राजनैतिक सवालमा सहयात्रा र कतिमा शंसोधन गर्न आवश्यक छ, भनेर सैद्धान्तिक बहसका बारेमा छलफल नै गरिएन ।
जबजब अप्ठ्यारो पर्छ, तब देशी बिदेशी शक्तिले हाम्रो एकता भाड्न खोज्दैछन भनेर पाँडे गाली गरेर वैचारिक सवालको मतभेद्लाइ रूपान्तरण गर्न नेतृत्वले चतुर्याइ गर्यो । दुबै पक्षमा अझै पनि एक अर्काको वैचारिक आस्था र चरित्रका बारेमा शंका उपशंका व्याप्त छन् । पूर्व एमालेलाई कतै आफ्ना सबै कार्यकर्ता माओबादी चरित्रको अनुसरण गर्नेगरी प्रशिक्षित हुनेहुन की डर छ, भने पूर्वएमाओवादीलाई विगतको जनयुद्ध तत्कालिन एमाललेले भन्ने गरे जस्तो गलत नै थियो, भनेर प्रमाणित हुने होकी भन्ने डर देखिन्छ ।
पूर्व एमालेलाई पार्टीको विगतको स्कुल विभागको मुल्य र मान्यता पुरै ध्वंश हुन्छ की भन्ने अर्काे डर छ । मदन भण्डारीको जबजलाई केन्द्रमा राखेर एमालेले प्रशिक्षण चलाउदै आयो । तर यतिवेला पूर्व एमाओवादीले त्यसलाई समयको आवश्यकता भन्दै परिमार्जन गर्न चाहेको छ । स्कुल विभाग यदि माओवादीकोे पक्षमा गयो र त्यसरी नै पाठ्यक्रम तयार गरेर स्कुलिङ गरियो भने कार्यकर्ताको आजसम्मको बुझाई नै गलत साबित हुनेछ । त्यो डर पूर्व एमालेलाई छ । त्यसैले स्कुल विभागमा एक अर्काको नेतृत्व स्वीकार नगर्ने अवस्था आएको बुझन् सकिन्छ ।
एमाले–माले हुँदै एमालेमा स्कुल विभागको जिम्मेवारीमा निरन्तर रहदै आएका प्राज्ञ गोपीरमण उपाध्यायका अनुसार समाजको चरित्र मुल्याङ्कन गरेर पार्टीको कार्यदिशाका बारेमा निणर्य लिएर कार्यकर्तालाई प्रशिक्षण गर्ने काम स्कुल विभाग हो ।
त्यसका लागि पर्याप्त अध्ययन,अनुसन्धान र प्रशिक्षणको अनुभव चाहिन्छ । साथै नेतृत्वमा सहिष्णुता पनि चाहिन्छ । त्यसैले नारायणकाजी र घनश्याम भुषाललाई संयुक्त रुपमा जिम्मेवारी दिनु उपयुक्त हुने उनको राय छ । संस्थागत रुपमा स्कुल विभाग संचालन गरेको परिपक्क अनुभव पूर्व एमालेको छ । ०४६ सालको परिवर्तन पछि पार्टीबाहिर आएपछि बन्द कोठाको स्कुलिङलाई खुला रुपमा संचालन गर्न एमालेले मिहिनेत नै गर्नु परेको थियो ।
स्कुल विभाग स्थापना गर्न आफुले गरेको मिहिनेतलाई पूर्वनेता मोदनाथ प्रश्रितले अझै विर्सिएका छैनन् । पाठ्यक्रम नै बनाएर आफुले स्कुल विभाग चलाएको भएपनि त्यसपछि त्यो विभाग त्यति सक्रिय हुननसकेको उनले बताए । अध्ययन र सामुहिक छलफलका आधारमा पार्टी स्कुल विभाग स्थापना गरेको उनी बताउँछन् । नेपाली समाजको चिन्तन र कार्यकर्ताको जिज्ञासालाई ध्यान दिएर स्कुल विभागको संरचना र पाठ्यक्रम तयार गरेको उनको अनुभव छ ।
तरपनि पार्टीमा चाहेजस्ते स्कुल विभाग बन्न नसकेको उनको गुनासो पनि छ । प्रश्रितका अनुसार बनारसमा पुष्पलाल कार्यकालमा पुष्पलाल र पछि आफुले त्यो विभागको महत्वबोध गरेको भएपनि त्यसपछि खासै हुन सकेन् । तर यतिवेला त्यही विभागको नेतृत्वका विषयमा लिएर कोलाहल भएको देख्दा आश्चर्य लागेको उनले सुनाए ।
प्रावि तह अध्यापन गराउन मावि उतेण शिक्षक चाहिन्छ भने पार्टीको स्कुल विभाग चालउन त्यही अनुसारको व्यक्ति छनोट हुनुपर्ने उनको सुझाव छ । प्रश्रित यतिबेला सक्रिय राजनीतिबाट अलग छन । पार्टी नवौ महाधिवेशनसम्म आइपुग्दा एमाले अध्यक्ष केपी ओली, युवराज ज्ञवाली, बेदुराम भुषालसम्मले यो विभागको जिम्मेवारी सम्हाले ।
कस्ले चलाएको बेला पार्टी वैचारिक रुपमा शसक्त र निष्ठावान जुझारु कार्यकर्ता तयार भए, त्यसको मुल्याङ्कन भयो ? जिज्ञासाको विषय हुनसक्छ । जवाफ हुन सक्छ, तत्कालिन समयमा माओवादीको विगतको हिंसात्मक चरित्रसँग जुध्नु तत्कालिन समयमा एमालेका लागि प्रमुख चुनौती थियो ।
किनकी तल्ला तहका कार्यकर्तामा माओवादीले चलाएको हिंसामा मोह थियो । उता बेलाबेलामा वामदेव गौतमले एमालेभन्दा माओवादीका विचार कम्युनिष्ट पार्टीको जगमा रहेको मन्तव्य दिइरहन्थे ।
खास माले–एमाले विभाजन समयमा । ती सवाल पार्टीका आन्तरिक छलफलका विषय हुनसक्छन् ।
तर पार्टी स्कुल विभागको अस्तित्व त्यतिबेलामा मात्र गरिमामय हुनेछ । जब प्रत्येक कार्यकर्ताको जीवनशैली पार्टीले तय गरेको आचरण र आर्दशलाई आत्मसात् गर्दै समाजिक न्यायका लागि योगदान गर्न सक्ने बन्नेछ । त्यस्ता कार्यकर्ताका लागि स्कुल विभागमार्फत शिक्षा प्रदान गर्नु अवश्य पनि राम्रो हो । ती सबै पक्षलाई गौण राखेर स्कुल विभागको नेतृत्वका लागि हानथाप गरेको देख्दा जुँगाको लडाईभन्दा केही हैन् जस्ताे देखिन्छ ।
कम्युनिष्ट पार्टीका कार्यकर्तामा सामाजिक न्यायका लागि योगदान गर्न सक्ने हुनपर्छ । तर यहाँ त नेताको पक्षलाई संरक्षण गर्नेगरी स्कुल विभागको नेतृत्वकाे लागि होडवाजी चलेको छ । कार्यकर्तामा एकतापछि उत्प्रेरणा जगाउनुको सट्टा कुन नेताकाे चरित्रलाई पुज्ने भन्रे प्रतिष्पर्धा देखिएकाे छ ।
वैचारिक सवलताको मुल्यांकन गरेर सही नेतृत्वका लागि समझदारी टुंगाउनुको सट्टा नेताहरुमा जुँगाको लडाई चल्नु कति जायज हो ? चरित्रका हिसाबले पनि अब्बल व्यक्तीलाई विभागको नेतृत्व सुम्पिन सके बैचारिक र आर्दशका हिसाबले स्कुल विभाग सक्षम हुनेछ । अनिमात्र नेतृत्व सार्थक सावित हुनेछ । अन्यथा स्कुल विभाग कसले चलायो र कस्ता दर्शन पढाइए भन्ने खासै अर्थ रहने छैन । स्कुल विभाग र अनुशासन विभागका अन्य बिभागका तुलनामा कम्युनिष्ठ पार्टीमा अर्थ राख्ने विभाग हुन् ।
विगतमा त्यो विभागको नेतृत्व गर्नेहरू कति स्मरण गर्न लायक रहे ? मुल्यांकन यतिवेला गर्न सके पक्कै राम्रै हुनेछ । नेताहरुले ती विभागका निर्देशनकाे पालना कति गरे । साथै मर्यादा र चरित्र व्यवहारमा कति देखाउन सके ? कार्यकर्ता पंक्तिले सवाल गर्नु पर्ने हो ? तर कार्यकर्ताले त्याे गर्न किहल्यै सकेन् ।
आयाराम गयाराम शैलीमा विभागका नेतृत्वको जिम्मेवारी चलाउन किन हानथाप ? पक्कै नातावाद, गुटगत स्वार्थका लडाईका लागि हुनुपर्छ । जाे जिम्मेवारीमा अाउनेहरूले पनि समाजिक समस्या समाधानका लागि दाबी गरे जस्ताे लाग्दैन् ।
किनकी देश पटकपटकका परिवर्तनपछि पनि बेथितिमा चुर्लुम्म डुबेको छ । हत्या हिंसाका संलग्न अपराधी करारहरु कम्युनिष्ट पार्टीको सरकार भएका बेला संवैधानिक पदमा सिफारिश भएका छन् । उनीहरु नै कानुन र संविधानलाई चुनौती दिदैं समाजवादका अनुयायी बन्ने गरेका छन् । त्यस्तो अवस्थामा पार्टीले स्कुल विभाग चलाएको छ भन्नुको के अर्थ ?
समाजको चरित्र अध्ययन गरेर पार्टीको मार्गदर्शक सिद्धान्त तय गर्नु स्कुल विभागको पहिलो जिम्मेवारी हो । साथै त्यही सिद्धान्तका आधारका जीवनशैली अपनाउन सक्नु अनुशासन हो । ती गुण देखिने गरी प्रशिक्षित गर्नु र परिवर्तन गराउन सक्नु स्कुल विभागको कार्यकुशलता हो । पार्टीले तय गरेको कार्यदिशा र सिद्धान्तमा मेल हुदाँ लक्ष्य प्राप्त गर्न सकिन्छ । साथै बेमेल भएमा कस्तो परिणाम आउँछ? भन्नै पर्दैन् । किनकी कोमल वलीलगायतका नव आगन्तुकले पार्टीमा प्रवेश गर्दा कै दिनमा गरिमामय स्थान पाउँछन् । चप्पल फटाएर राजनीति गरेका निष्ठावान कार्यकर्ता आत्महत्या गर्न बाध्य छन् ।
साचाे अर्थमा पार्टी र संविधानले तय गरेको समाजवादको बाटो तय गर्ने गरी नीति तथा कार्यक्रम निर्माण गर्नु र कार्यन्वयन गर्नु स्कुल विभागको जिम्मेवारी हो । तर शुरू मै स्कुल विभागको नेतृत्वका लागि जुँगाको लडाँइ भएपछि कस्तो चरित्र हावी होला नेकपामा ?
निष्ठा र नैतिकता विहीन आर्दशले जुनै वादको वकालत गरेपनि समाजको चरित्र बदलिदैन् । बदलिने छ, त केवल उपभोक्तावादी संस्कार । आज,चप्पल लगाउनेहरु जसरी अपारदर्शी स्रोतको आम्दानीबाट राजधानीमा महल र पजेरोका धनी बन्न पुगेका छन् । त्यसको जिम्मेवारी विगतका स्कुल विभागले लिने लिने कि नलिने ?
विगतको गल्ती कमजोरी र गलत संस्कारको प्रयश्चितविनाको एकताले कति स्वच्छ जीवन पाउँला ? चरित्र र चिन्तनको शुद्धता विनाका कार्यकर्ताले भोलिको समाजका लागि कस्तो नेतृत्व गर्लान् ?
आज कै नवधनाढ्य संस्कारको नेतृत्वले प्रशिक्षित वर्तमान युवा पुस्ताले त्यही शैली अपनायो भने माक्सवाद, लेनिनवाद र माओको विचारधारा कसरी लागु होला नेपालमा? चलचित्र सेतोबाघको भोला प्रवृतीका कार्यकर्तालाई चिन्तन र चरित्रमा सुधार ल्याउन सकोस् अब बन्ने स्कुल विभाग र नेकपाको नव नेतृत्वले ।
शुभकामना ।



















































































































































































































