
एनआइबिएल समृद्धि फन्ड–१ ले गत आवको मुनाफाबाट प्रतिफल घोषणा गरेको छ ।
योजनाले एकाइ धनीहरूका लागि करसहित ६ दशमलव ५ प्रतिशतका दरले हुन आउने ६ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।
योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल लिमिटेडको भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले उक्त प्रतिफल दिने निर्णय गरेको हो ।