३ जेष्ठ २०८१, बिहीबार

 

हुवावेको ७ वटा क्यामरा भएको स्मार्टफोन आउँदै

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो नयाँ स्मार्टफोन आगामी १९ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ ।

जर्मनीमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । यो स्मार्टफोनको विशेषता यसकाे क्यामरा नै हुनेछ । मेट ३० स्मार्टफोनमा कुल ७ वटा क्यामरा हुनेछन् ।

तीमध्ये ४ वटा क्यामरा पछाडिको भागमा हुनेछन् भने सेल्फी खिच्नका लागि ३ वटा क्यामराचाहिँ स्क्रिनतर्फको भागमा राखिनेछ । मुख्य क्यामरा ४० मेगापिक्सेलको हुने बताइएको छ । उक्त फोनमा फाइभ के रिजोलुसन तथा ३६० डिग्री क्यामरा रहनेछ । साथै मेट २० मा जस्तै प्रिमियम ग्लास तथा मेटल बडी रहनेछ । मेट ३० सिरिजका स्मार्टफोन वाटरफल स्क्रिन डिजाइनमा उपलब्ध हुनेछन् ।

हुवावे मेट ३० मा ६.७१ इन्चको ओएलइडी डिस्प्ले हुनेछ । त्यस्तै ४५ सय मिलिएम्पियर आवरको ब्याट्री रहनेछ । स्मार्टफोनको इन्टर्नल स्टोरेज १२८ जिबी र र्‍याम ८ जिबीको हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्