पछिल्लो समय नेपालमा बिभिन्न खाले काण्डले चर्चा पाईरहेका छन् । बढ्दो सहरीकरण,शक्तिको दुरुपयोग, बिलासितापुर्ण जीवनशैली , बेरोजगारी समस्या, ईमेल, ईन्टरनेटको दुरुपयोग लगायत बाह्य छाडा संस्कृतिकोे प्रभावले नेपालमा बेलाबेला अप्रिय घटनाहर भइरहेका छन् ।
बलत्कार , जवरजस्ती करणी लगायतका यौनजन्य हिसां दिनानुदिन बढ्दै जानु नेपाल र नेपालीका लागि दुखद बिषय हो । यौजजन्य क्रियाकलापमा बिशेष गरी युवा तथा किशोर किशोरीहरु बढी संलग्न भएको पाईन्छ ।
केही वर्ष पहिले बिबाह पश्चात पतिपत्नी बिच मात्र यौन सम्बन्ध हुनुपर्छ भन्ने मान्यता बोकेको हाम्रो नेपाली समाजमा अचेल यौन क्रियाकलाप दिन दहाडै छरपस्टै भेटिन थालेका छन् । जसले नेपाली समाज थप बिकृत बन्दै गईरहेको छ । बालिकादेखि बृद्धसम्म बलत्कारको शिकार बनेका छन् ।
नेपाल सरकारले महिलामाथि हुने गरेका यौनजन्य लगायत सबैखाले हिसां सम्बन्धी कानुन निर्माण त गरेको छ तर कार्यान्वयनमा भने केही चुनौती देखा परेका छन् ।यस्ता खाले क्रियाकलापमा सर्वसाधारणकोे संलग्नता भए सजिलै कारबाही हुन्छ भने बिशिष्ट ब्यक्तित्वहरु मुुछिएको अवस्थामा घटनालाई तोडमोड गर्ने प्र्रवृति समेत रहेको छ ।
त्यस्तै पुरुषले महिला माथि यौनजन्य हिसां गर्यो भने कानुनको बुदा समाएर दोषीलाई कानुनको कठघरामा सजीलै उभ्याउन सकिन्नछ तर कतिपय यौन कार्य गोप्य राख्न खोज्दा खोज्दै अप्रत्यासीत रुपमा बाहिर आउछन् ।
कतिपय घटना बिशेष गरी बिहे गर्ने सर्तमा हुदै आएको तर केही समय पश्चात सम्बन्धमा मनमुटाव बढ्दै जादा सम्बन्ध टाढिन गई बिहे गर्ने योजना भंंङ्ग हुदा केटी पक्षले उजुरी गर्न आउने गरेको कानुन ब्यवसायी बताउँछन ।
त्यस्तै कतिपय ठुला शहर बजारहरुमा कतिले यौन पेसालाई ब्यवसायनै बनाएर जीवन निर्वाह गर्दै आएको पाईन्छ । बढ्दो बेरोजगारी समस्या, बिदेश पलायन,आफ्नो परिवार प्रतिको अविश्वास गैरजिम्मेवारीपन तथा बिलाशितापुर्ण जीवनशैली र पश्चिमा संस्कृतिले नेपालमा पारेको प्रभाव लगायतका कारण नेपाली समाजमा यस्ता खाले यौन गतिबिधि बढ्दै गएका हुन् । पछिल्लो समय अबैध यौन सम्बन्ध बढ्दै गएको छ ।
नेपाली संस्कृति र परम्परा अनुसार पतिपत्नी बिच मात्र यौन सम्बन्ध कायम गर्नुपर्छ भन्ने मान्यता रहेको छ भने विश्व स्वास्थ्य संगठन(डब्लु.एच ओ) को परिभाषा अनुसार पनि यौन सम्बन्ध पतिपत्नी बिच वा अन्य मन मिल्दो साथिुसंग मात्र राख्न सकिने उल्लेख छ ।
यदि पतिपत्नी बिच वा भरपर्दो यौन साथि बाहेक अन्यत्र सम्बन्ध राखेमा यौनजन्य जटिल रोग लाग्न सक्ने डब्लु एच ओकोे परिभाषामा उल्लेख छ । तर बढ्दो अबैध सम्बन्धले हत्या आत्महत्या पारिवारिक तहसनहस सम्बन्ध बिच्छेद एचआईभी संक्रमित लगायत यौैनजन्य रोगहरु समेत बढ्दै गएको पाईन्छ ।
सभामुख कृष्ण बहादुर महरामाथि लागेको जवरजस्ती करणी आरोपले विशेष चर्चा परिचर्चा पाएको छ । नेपाली राजनीति महत्वपुर्ण हस्ती माथि लागेको यो आरोप सत्य हो वा होईन त्यो त न्यायालयले छुट्टाउला तर यो सामान्य बिषय भने पक्कै होईन ।घटनाको पीडित भनिएकी रोशनी शाहीले भने महराबाट आफु माथि बलात्कृत नभएको बताएकी छिन् ।शाहीले कस्को दबाबमा अचानक आफनो बयान फेरिन ?
आफै फोन गरेर सभामुख कृष्ण बहादुर महराले जवरजस्ती करणी गरेको भनेकी शाहीले तत्काल किन बयान फेरिन त ? यो गम्भिर बिषय हो । उनले आफु डिप्रेशनमा परेको र औषधी समेत सेवन गर्दै आएको बताए पनि अधिकाशंले उनको कुरालाई सहज स्विकार गर्न सकेका छैनन् । हुनत केही वर्ष पहिले महानायक राजेश हमाल माथि पनि एक महिलाले प्रेम सम्बन्ध रहदै आएको भनेकी थिईन तर त्यो पुर्णत असत्य सावित भयो ।
उनी मानसिक रोगीनै भएको ठहर भयो । तर आफ्नो दैनिक कामकाज सजिलै गर्न सक्ने तथा कार्यालयको जिम्मेवारी पनि सजिलै निर्वाह गर्ने एक कर्मचारीले सभामुख माथि सरुवा नभएको झोकले यस्तोखाले आरोप लगाए भन्नुु सोचनिय बिषय बनेको छ ।
भनिन्छ यौन जीवनको अनिवार्य आवश्यकता हो । तर हाम्रो नेपाली समाजले आवश्यकता हो भन्दैमा छाडा वा अबैध यौन सम्बन्धलाई सजिलै पचाउन सक्दैैन । अबैध सम्बन्धले तनाव सृजना गर्ने मात्र होईन ब्यक्तित्व सबै नष्ट पारिदिन्छ । जसको शिकार हुन नेपालका केही नेता समेत पछि परेनन् ।
यहि यौन काण्डकै कारण यहांका चर्चीत नेताहरु यस अगाडीनै पाखा लागेका छन् । अतं महरा यौन आरोप लाग्ने मध्ये पहिलो नेता भने होईनन् । मुलुकको शिर्ष नेता माथि यति ठुलो आरोप लाग्नु सामान्य बिषय होईन । जुुनसुकै यौैनकाण्ड पनि पीडितले भनेको कुरालाई आधार मानेर कानुनी प्रक्रिया अगाडी बढाउने हो ।
एउटा साधारण महिलाले यस्तो गम्भिर आरोप लगाउनु भनेको सरकार माथिकै गम्भिर चुनौतीको विषय हो । आरोपीले शाहीले डिप्रेशनमा परेकै कारणले भनेको भएपनि यसको गहिरो छानबिन हुनुपर्दछ । आरोपीले के भनिन भन्नुभन्दा पनि किन भनिन ?, के कारणले भनिन ?किन बयान फेरिन? महरा र शाहीको सम्बन्ध के थियो? कस्तो थियो ?कहिले देखी थियो ?
महरा त्यो दिन ति महिलाको डेरामा गए वा गएनन् । शाहीको पहिलो बयानलाई साँचो मान्ने हो भने मदिरा सेवन गरेर महिलाको डेरामा किन प्रवेस गरे लगायतका बिषयमा गहिरो अध्यन र अनुसन्धान हुनुपर्दछ । नत्र यस्ता घटनाले महरा मात्र नभै अन्य नेता तथा उच्च पदस्थ ब्यक्तिहरु जुनसुकै बेला पनि यस्ताखाले घटनाको शिकार बन्नेछन् ।
अगाडी देखिनै प्रेम सम्बन्ध रहदै आएका कारण त्यो दिनपनि महरा शाहीको डेरामा गएको हुन सक्ने धेरैले अनुमान धेरैले गरेका छन् । जवरजस्ती भयो वा भएन त्यो फरक पाटो हो तर महरा एउटा सामान्य कर्मचारीको डेरामा मदिरा सेवन गरेर जानु मात्र पनि गलत हुन्छ यदि गएका नै हुनभने ।
मन मिल्दासम्म मनोरञ्जन लिने थोरै केही कुरा बिग्रीयो भने जवरजस्ती गर्यो भनेर बाहिर आउने केही घटनाका कारण समग्र नेपाली महिला माथि प्र्रश्न चिन्ह समेत खडा भएको छ । कानुन भनेको पीडितलाई न्याय दिलाउनका लागि बनाईएको हो । अबैध सम्बन्ध सहमतिमा राख्ने तर केही कुरा नमिल्दा जवरजस्ती गर्यो भन्नेलाई पनि सजायको व्यवस्था हुनुपर्दछ ।
नेपालको राजर्नैतिक इतिहासमा लामो समयदेखि विभिन्न नेताहरु यस्तो बेथितिमा मुछिदै आएका थिए । नेपाल कम्युनिष्ट आन्दोलनमा मोहन विक्रम सिंहदेखि तत्कालिन माओवादी नेता बादलसम्मलाई यस्तै खाले संगीन आरोपको कारण नेकपा मसालमा विभाजन आउँनुको साथै ठुलो राजनैतिक कारवाहिको इतिहास हाम्रो अगाडि नजिरको रुपमा रहेको छ ।
महराले समाचारको दबाबको कारणले राजिनामा दिन बाध्य भएका हुन ।उनको सांसद पद माथि पनि र्नैतिक प्रश्न उठेको छ भने महरालाई प्रहरी अनुसन्धानको दायरामा ल्याउँन सरकार किन अलमल गरिरहेको छ आम जनताले नजिकबाट हेरिरहेका छन ।
यस्तो लाग्छ देशमा दुई थरी लो्कतन्त्रको अभ्यास भइरहेको छ ।आम जनतालाई एउटा लोकतन्त्र र शक्तिशाली नेताहरुलाई एउटा लोकतन्त्र ।२०६२ सालमा नेपाली जनतासँग जे बाचा कबुल गरेर हाम्रो राजनैतिक दलको नेतृत्वले यो लोकतन्त्र हाम्रो देशमा भित्रयाएका थिए यहि लोकतन्त्रको र सरकारको मुहार र छवि विघटनको दिशामा छ ।
(कोपिला कँडेल सयपत्री एफएम बागलुडकी सम्पादक हुन )



















































































































































































































