४ श्रावण २०८३, सोमबार

 

बिक्रम बरालको ‘ढाक्यो मायाले’ (भिडियोसहित)

नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा ‘भ्वाइस अफ’ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन् ।

बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग अभिनय गरेकी छन् । गहिरो प्रेममा रहँदा प्रेमी जोडीले गर्ने क्रियाकलाप भिडियोमा देखाइएको छ ।

भूपेन्द्र महतको शब्द, हरि लम्सालको संगित रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायाँकन गरेको भिडियोमा नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी रहेको छ ।

भिडियाे हेर्नुहाेस् :

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung