४ श्रावण २०८३, सोमबार

 

आत्मआलोचना गरेपछि गायक थापा छुटे

विकृती माैलाउने गरी गीत गाएका कारण पक्राउ परेका गायक दुर्गेश थापालाई पक्राउ गरे पनि  प्रहरीले आजै  छाडेको छ। महानगरिय प्रहरी अपराध महाशाखाको कार्यलयमा  उनले  आगामी दिनमा अपाच्य गीत नगाउने भन्दै आत्मआलोचना गरेपछि थापालाई छाडिएकाे हाे ।

गायक थापाविरिुद्ध जिल्ला प्रशासन कार्यलयमा ‘ह्याप्पी तिहार’ गीतमार्फत समाजमा बियर, गाजा लगायतका सामग्रीलाई प्रोत्साहन गर्दै समाजमा गलत सन्देश प्रवाह गरेको आरोपमा उजुरी परेको थियो। उजुरीको आधारमा प्रहरीले  दिउँसो काठमाडौंस्थित गोंगबुबाट गायक थापालाई पक्राउ गरेको थियो।

पक्राउपछि गायक थापाले प्रहरी कार्यलयमा आफूबाट गल्ती भएको स्वीकार गर्दै युट्युबबाट गीत हटाएका छन्। आफूले गीतमा प्रयोग गरेका शब्दले समाजको संस्कृति भड्किएको भन्दै उनले क्षमा समेत मागेका छन्।

गृह मन्त्रालयले तिहारको अवसरमा जारी गरेको विज्ञप्तीमा समेत बिकृती मौलाउने गीत, संगीत उत्पादन बिक्रि वितरण तथा प्रशारण नगर्न नगराउन आग्रह गरेको छ ।

थापाको पछिल्ले गीत पनि विकृती मौलाउन उत्प्रेरित गर्ने किसिमको थियो । उनको तीजको अवसरमा निकालिएको गीत हामी पनि नाच्नु पर्छ विच्च, बिच्चमा भन्ने बोलको थियो । उक्त गीतले दर्शक तथा स्रोताको मन जित्न सफल भएको थियो । तर पछिल्ले गीतका कारण थापा विवादीत बन्न पुगे । साथै प्रहरी कार्यलयमा पुगेर क्षमा मागेर छुट्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung