बागलुङमा अत्याधुनिक सेवा सुविधा सहितको सिनेमाहल सञ्चालनमा आएको छ । सिनेमाहलको आज सिने जगतका वरिष्ठ कलाकार निर शाहले शुभारम्भ गर्नुभयो ।
झण्डै ८ करोड लागतमा निर्माण गरिएको ‘बिएसआर मुभिज’ काठमाण्ठौ स्थित बिजी मलमा रहेको सिनेमाहलको पहिलो शाखा रहेको जनाइएको छ ।
काठमाडौंको गोगंबुमा रहेको बिजी मल सञ्चालन बीएसआर ग्रुपले नेपालमा पहिलो पटक आफ्नो शाखाका रुपमा बागलुङमा सिनेमाघर निर्माण गरेको बताएको छ । बीएसआर मुभिजमा २ वटा पर्दा रहेका छन् । २०० र २२६ वटा आरामदायी सिटसहितका छुट्टा छुट्टै हलमा एकैसाथ नेपाली ,हिन्दी र अग्रेजी सिनेमा हेर्न सकिने छ । मल्टिप्लेक्स भित्र कफीसप र रेष्टुरेण्टको पनि सुविधा रहेको छ ।
एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले धौलागिरिका चार जिल्लाका दर्शकहरुलाई नयाँ सिनेमाको नयाँ अनुभव दिने बिएसआर ग्रुपका कार्यकारी निर्देशक राजु गिरीले बताउनुभयो । बिएसआर ग्रुपले मुभिको ब्राण्लाई राजधानी बाहिरा आफ्नो सञ्जाल विस्तार गर्ने योजना अनुरुप बागलुङमा पहिलो शाखाको रुपमा बागलुङमा बिएसआर मुभि सञ्चालनमा आएको हो ।
शुभारम्भ कार्यक्रममा बरिष्ठ कलाकार गौरी मल्ल, निर्माता दिपाश्री निरौला लगायतका कलाकारहरुको समेत उपस्थिति रहेको थियो । सिनेमा हेर्न रु. ३०० को टिकट लाग्ने ग्रुपले जनाएको छ ।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष युवराज राजभण्डारी , बागलुङ नगरपालिकाको उपमेयर सुरेन्द्र खड्का ,नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ , बागलुङ राष्टिय उपभोक्ता मंचको अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ ,बागलुङको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री , कलाकारहरु दिपा श्री निरौला ,गौरी मल्ल र वरिष्ठ कलाकार निर शाहले मन्तव्य दिएका थिए ।
विएसआर मुभिजको अध्यक्ष बासुदेव गिरिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विएसआर मुभिजका प्रबन्धक निर्र्र्देशक राजु गिरीले र संचालन पत्रकार राम थापा अविरलले गरेका थिए ।
फोटो : मन्जुल शाक्य













































































































































































































