३ श्रावण २०८३, आईतवार

 

सामाजिक सुरक्षा कोष कार्यक्रममा आबद्ध हुने समय १ महिना थप

सरकारले तीन महिनाअघि सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रममा हालसम्म ८ हजार ८ सय १८ रोजगारदाता र १ लाख ९ सय ६८ जना श्रमिक आबद्ध भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सरकारले तोकेको असोज मसान्तसम्मको समयसीमा वृद्धि गरेर कार्तिक मसान्तसम्म पुर्‍याइएको छ ।

यस अवधिमा कोषमा सात करोड ६५ लाखभन्दा बढी रकम संकलन भएको छ। सरकारले गत साउनदेखि औपचारिक रूपमा कार्यक्रम सुरू गरेको हो ।
मन्त्रालयका अनुसार कोषमा सूचीकृत भई योगदान आरम्भ गरिसकेका केही श्रमिकका परिवारलाई योजनाअनुसारको सहयोग र निवृत्ति उपलब्ध गराइएको छ ।
आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च २५ हजार, मासिक निवृत्तभरण क्रमशः १७ हजार १०० र १० हजार २००, आधारभूत पारिश्रमिकको ६० प्रतिशत र निजहरूले जम्मा गरेको योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको संकलित रकम तथा प्रतिफलसमेत जोडेर हुन आउने रकम एकमुष्ट प्रदान गर्ने गरी कोषले प्रक्रिया अघि बढाएको छ ।

त्यसै गरी सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ। ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले एक महिनाको समयावधि थप गर्ने जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung