२ जेष्ठ २०८१, बुधबार

 

टिकटकले ल्यायो स्मार्टफोन

सोसल मिडिया ‘टिकटक’ कम्पनी ‘बाइट डान्स’ले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ।

सो स्मार्टफोनको नाम ‘स्मार्टिसान जियांगुओ प्रो ३’ हो।

यो स्मार्टफोनमा धेरै उत्कृष्ट फिचर रहेको बताइएको छ जसमा शक्तिशाली प्रोसेसरका साथै पछाडिको भागमा ४ वटा मुख्य क्यामरा छन् । यो फोनले स्मार्टिसन अपरेटिङ सिस्टममा काम गर्छ । तर यो एन्ड्रोइडको कुन संस्करणमा आधारित छ भन्नेबारे खुलाइएको छैन ।

चीनमा लन्च गरिएको यो फोनको सुरुवाती मूल्य २८ सय ९९ युआन तोकिएको छ । जुन करिब ४६ हजार रुपैयाँ हुन्छ ।
स्मार्टिसान जियांगुओ प्रो ३ को अन्य फिचर्स यस्ता छन्– डिस्प्ले ६।३९ फुल एचडी डिस्प्ले, ब्याक क्यामेराः ४८१३८५ मेगापिक्सेल, फ्रन्ट क्यामेरा २० मेगापिक्सेल, प्रोसेसर क्वालकोमम स्न्याड्रयागन ८५५, र्याम ८ जिबी, स्टोरेज १२८२५६, ब्याट्री ४ हजार एमएएच छ।

यो फोन हाल चिनियाँ बजारका लागि मात्र लन्च गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्