४ जेष्ठ २०८१, शुक्रबार

 

कालीगण्डकीमा एसियाकै नमुना बन्जी जम्प बन्दै

बागलुङ र पर्वतको सीमा कालीगण्डकी नदीमाथि बन्जीजम्प सञ्चालनमा आउने भएको छ । यसका लागि पुल निर्माण कार्य पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यो बन्जीजम्प एसियाकै नमुना हुने सञ्चालकको भनाइ छ । पुल निर्माणकार्य ३ वर्षअघि सुरु गरिएको व्यवसायी राजु कार्कीले बताए । करिब २० करोड लगानीमा बन्जीजम्पसँगै स्काई साइक्लिङ र पर्यटकलाई लक्ष्यित गरी सुविधासम्पन्न रिसोर्टसमेत निर्माण भइरहेको उनले जानकारी दिए ।

पुल द क्लिप प्रालिको निर्माण र प्यारामोहन कन्स्ट्रक्सन प्रालिका राधाकृष्ण मल्लिकको डिजाइनमा तयार हुन लागेको हो । ५२५ मिटर लामो पुल २२८ मिटर उचाइमा छ । बागलुङ–पर्वत ओहोरदोहोर र पुल अवलोकन गर्ने व्यक्तिलाई पनि निश्चित शुल्क लिइने कम्पनीले जनाएको छ ।झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङले एसियाकै नयाँ र नमुना पुलको पहिचानसमेत थप्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्