२० बैशाख २०८१, बिहीबार

 

चर्चामा ‘ठेकीभित्र दही’

अहिले लोकगीतप्रेमीको मुखमा झुन्डिरहेको गीत हो– ठेकीभित्र दही छ । ‘अर्गानिक फल’ एल्बमको यो गीत युट्युबदेखि फेसबुक र टिकटकसम्म धेरैको रोजाइमा छ ।

गलकोट–१ दुदिलाभाटीमा जन्मेका बिरु कार्कीको एल्बम सार्वजनिक भएको डेढ सातामै धेरैको मन जित्न सफल भएको हो । कार्कीले नै तयार पारेको लय र शब्दलाई गायिका लक्ष्मी मल्ल र उनी आफैंले गाएका छन् । गीतको भिडियोमा मोडल रक्षा श्रेष्ठ र सुनील क्षेत्रीको अभिनय छ ।

मुस्ताङका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियो क्षेत्रीले नै निर्देशन गरेका हुन् । कृष्ण केसीले एरेन्ज गरेको गीतमा मायापिरतीमा आधारित कथावस्तु समेटिएको छ । कार्कीले यसअघि पनि विभिन्न गीत ल्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्