उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले आफू नेपालमै जन्मेको स्पष्टीकरण दिएका छन् । उनले पछिल्लो समय भारतका केही सञ्चारमाध्यममा आएका समाचारलाई लिएर भ्रममा नपर्न आग्रहसमेत गरेका छन् ।
पाँचौं उद्योग दिवसको अवसरका आयोजित एक अन्तरक्रियामा उनले यस्तो स्पष्टीकरण दिएका हुन् । उद्योगीसमेत रहेका दुगडले आफू राज्यमन्त्री नियुक्त भएलगत्तै व्यवसायी उत्साहित भएको पनि बताए । उनी सेन्चुरी मसला उद्याेग र विराटगरमा रहेकाे एक होटेलका सञ्चालकसमेत हुन् । दुगड नेपाल कम्युनिस्ट पार्टीबाट समानुपातिक सांसद बनेका थिए।













































































































































































































