३ श्रावण २०८३, आईतवार

 

अम्बे समूहको तीन अर्बको जय अम्बे स्टील बजारमा आउँदै

अम्बे समूहले स्थापना गरेको नयाँ डन्डी उद्योग संचालन आउँन लागेको छ ।नेपालगंजमा स्थापना गरीएको तीन अर्ब लगानीमा जय अम्बे स्टील  डन्डी उद्योग एक महिनाभित्र बजारमा आउने भएको छ ।अम्बे समूहको यो दोस्रो डन्डीको प्लान्ट हो।

अम्बे समूहले पहिलोपटक उद्योगमा क्यान्टलिवर स्ट्यान्डको प्रविधि प्रयोगमा ल्याएको छ । यो स्ट्यान्डले डन्डीलाई चिल्लो बनाउँ छ।यो प्रविधिले डन्डीलाई बलियो बनाउँ छ ।मंसिर २० गते  जय अम्बे उद्योगका संचालक शिवाज न्यौपानेले व्यवसायीक रुपमा एक महिनाभित्र बजारमा आउँने जानकारी दिएका थिए ।

नेपालगंजमा १६ विघामा स्थापना गरीएको यो उद्योगले धेरैलाई रोजगारी पनि दिएको छ। उद्योगबाट दैनिक ८ सय टन डन्डी उत्पादन हुने कम्पनीले जनाएको छ।

सन् २००९ मा स्थापना भएको अम्बे स्टील  नेपाली बजारमा स्थापित ब्राण्ड भएको छ ।यो समूहले अम्बे ब्राण्डको नाममा डन्डी उत्पादन गरेर बिक्री गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung