सृष्टि फर्निचरले कुर्ची (रिबल्बिङ चियर) को उद्योग स्थापना गरेको छ ।बागलुङ नगरपालिका वडा नं ४ उपल्लाचौरमा सृष्टि फर्निचरले ३० लाखको लागतमा उद्योग स्थापना गरेको हो ।३ हजारदेखि २५ हजारसम्मको कुर्चि उत्पादन गरिरहेको सृष्टि फर्निचर उद्योगको संचालक सरिता गौतमले नयाँ विश्वलाई बताए ।
उद्योगले १० जनालाई रोजगारी दिएको छ ।उद्योगबाट उत्पादित कुर्चीहरु बागलुङदेखि कास्की ,म्याग्दी ,पर्वत ,गोरखा र स्याङ्गजासम्म निर्यात भइ रहेको सृष्टि फर्निचरका संचालक ऋषि गौतमले बताए ।
धौलागिरी अंचलको पहिलो कुर्ची उद्योगले दैनिक ३ सयदेखि ५ सय वटा कुर्ची उत्पादन गरि रहेको छ ।सुपथ मूल्य ,मर्मतको सुविधा र गुणस्तरीय सामान भएकोले यस उद्योगबाट उत्पादित सामान प्रति ग्राहकको आकर्षक धेरै रहेको संचालक सरिता गौतमले बताइन ।
बागलुङ नगरपालिका वडा नं ४ उपल्लाचौरमा उद्योग स्थापना गरिएको छ भने बागलुङ बजारको जिप पार्कमा रहेको शो रुमबाट ग्राहकहरुले सहज ढंगले कुर्चिहरु लगाएतको सामानहरु सुपथ मूल्यमा पाउँनुको साथै होम डेलिभरीको पनि सुविधा रहेको संचालक ऋषि गौतमले नयाँ विश्वलाई जानकारी दिए ।













































































































































































































