४ जेष्ठ २०८१, शुक्रबार

 

पोखरामा खुल्यो होटल याल्लो प्यागोडा

पोखराको ड्यामसाइडमा होटल याल्लो प्यागोडा खुलेको छ । ३० करोड रुपैयाँ लगानीमा याल्लो प्यागोडा खुलेको हो । स्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित याल्लो प्यागोडा पोखरामा सञ्चालनमा आएको होटल याल्लो प्यागोडा प्रालि (विकास भवन ) सञ्चालक दिल विकास राजभण्डारीले जानकारी दिए । पर्यटन वर्ष २०२० लाई लक्षित गरी होटल पूर्ण रुपमा सञ्चालनमा आएको उनले बताए ।

होटलमा ३८ वटा स्तरीय कोठाहरु छन् । २ वटा स्वीट, ८ वटा सुपर डिलक्स र बाँकी डिलक्स कोठा छन् । होटलमा बार, ४ वटा सेमिनार हल, स्पा र रेष्टुरेन्टको सुविधा छ । अण्डरग्राउण्ड पार्किङ सुविधा रहेको होटलमा लिफ्टको व्यवस्था छ । माथिल्लो तलामा स्वीमिङ पुल छ । रेष्टुरेन्टमा एकै पटकमा करिब सय जनालाई सेवा प्रदान गरिने प्रवन्धक रामु गिरीले जानकारी दिए । ‘लाइभ किचनको व्यवस्था छ,’ उनले भने ।

होटलबाट फेवाताल लगायत वरपरको दृश्य प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । ‘हिमालयको दृश्य लामो रेन्जमा हेर्न सकिन्छ,’ गिरीले भने । पोखरा विमानस्थलबाट करिब एक किलोमिटर दुरीमा अवस्थित होटलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गरिने गिरीले जानकारी दिए ।

माथिल्लो तलामा रहेको हलबाट फेवा ताल, हिमाल, शान्तिस्तुपा लगायत पोखरासहित वरपरको दृश्य अवलोकन गर्न सकिन्छ । ग्राउण्ड फ्लोर र माथिल्लो तलामा गरी २ वटा रेष्टुरेन्ट छन् । होटलमा ४ हजारदेखि १० हजार रुपैयाँसम्मका कोठाहरु उपलब्ध रहेको होटल याल्लो प्यागोडा प्रालि (विकास भवन ) सञ्चालक अनिल राजभण्डारीले नयाँ विश्वलाई बताए ।

बिगत ३५ वर्ष अगाडिदेखि काठमाडौंको जमलमा सेवा प्रदान गर्दै आइरहेको होटल याल्लो प्यागोडाले पोखरामा सेवा विस्तार गरेको हो । छिट्टै चितवनमा पनि सेवा विस्तारको तयारीमा रहेको बताइएको छ ।

याल्लो प्यागोडा आएपछि ड्यामसाइडमा पर्यटकीय चहलपहल बढ्ने विश्वास गरिएको छ । ‘हामीले काठमाडौंको अनुभवपछि पोखरामा आउँने पर्यटकलाई आधुनिक सृुविधा दिने उद्देश्यले होटल संचालनमा ल्याएको होटल याल्लो प्यागोडा प्रालि (विकास भवन ) सञ्चालक अनिल राजभण्डारीले नयाँ विश्वलाई बताए ।होटलमा आउँने ग्राहकलाई सबै खालको सेवा र सुविधा दिने लक्ष्यका साथ अत्याधुनिक सुविधा उपलब्ध भएकोले धेरै पर्यटकको रोजाईमा होटल याल्लो प्यागोडा परेको छ ।

होटलमा पर्यटकको बसाई सुखद बनाउँन हामीले होटलको व्यवस्थापनमा कुनै कमि छोड्का छैनौ ।ग्राहकको बदलिदो चाहना र रुचिलाई ध्यानमा राखेर हाम्रो सेवा ग्राहकको सन्तुष्टिमा केन्द्रीत रहेको संचालक अनिल राजभण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस्