३ श्रावण २०८३, आईतवार

 

भारतमा ठूलो लगानी गर्दै जेफ बेजोस

विश्वकै धनाढ्य व्यक्ति मध्येका एक  जेफ बेजोसले भारतमा  एक खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने जनाएका छन् ।

अमेजनका मालिकसमेत रहेका बेजोसले भारतलाई प्रमुख बजार भन्दै ठूलो लगानी गर्ने घोषणा गरेका हुन् । बेजोस्‌ले आफ्नो संस्थाले भारतमा साना तथा मझौला व्यापारलाई इन्टरनेटमा कारोबार गर्न सहज बनाउन करिब एक खर्ब १३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने बताएका हुन् ।

नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै बेजोसले एक्काइसौं शताब्दी ‘भारतको शताब्दी’ हुने पनि बताए ।

बेजोसले अमेजनले सन् २०२५ सम्ममा भारतमा बनेका १० अर्ब डलर बराबरका सामान निर्यात गर्ने र ५ दशमलब ५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरिसकेको बताए ।

अमेरिकी खर्बपति बेजोस तीन दिनका लागि भारत भ्रमणमा पुगेका छन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung